• मंगलबार १२-६-२०८०/Tuesday 03-19-2024
रंगमञ्च

रंगकर्मी सरीता गिरी अभिनित नाटक ‘बोक्सीको घर’ अब चलचित्रको पर्दामा

काठमाडौं । नाटक ‘बोक्सीको घर’ लाई चलचित्रको पर्दामा उतारिने भएको छ । सुलक्षण भारतीको लेखनमा निर्माण गर्न लागिएको चलचित्र ‘बोक्सीको घर’ लाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले संयुक्त निर्देशन गर्नेछन्। 

 

केकी अधिकारी फिल्मसले निर्माण गर्ने चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारीको मूख्य भूमिका रहनेछ । चलचित्रका अन्य पात्रका लागि कलाकारहरुको छनोट आगामी साता अडिशन मार्फत लिइने जनाइएको छ । 

 

चलचित्रलाई  रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्दैछन् भने चलचित्रको कार्यकारी निर्माता विशाल भण्डारी हुन् । वि.सं २०७३ को साउन र भदौमा मण्डला थिएटरमा मञ्चन भएको नाटकमा अभिनेत्री सरीता गिरीको एकल अभिनय थियो । नाटकलाई रंगकर्मी सुलक्षण भारतीले निर्देशन गरेका थिए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार