• मंगलबार ८-८-२०८३/Tuesday 11-24-2026
देश/प्रदेश

बाढी प्रभावित बालबालिकाको अवस्था बुझ्न मन्त्री बादी अस्थायी विद्यालयमा

काठमाडौं।महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले  मङ्सिर ५ गते रसुवा–भोटेकोशी बाढी प्रभावित हाकुबेसी आधारभूत विद्यालयका बालबालिकाका लागि गोदावरीमा सञ्चालित आवासीय सुविधासहितको अस्थायी विद्यालयको स्थलगत निरीक्षण गरेकी छन ।

 

निरीक्षणका क्रममा उनले अध्ययनरत ४९ जना बालबालिकासँग करिब एक घण्टा छुट्टै छलफल गरी उनीहरूको अवस्था, आवश्यकता र अनुभवबारे प्रत्यक्ष जानकारी लिइन। साथै, बालबालिकालाई जाडोका न्यानो कपडा वितरण गर्नुभयो र उनीहरूसँग भलिबल खेल्दै केही समय बिताइन ।

 

विद्यालयमा उपलब्ध पोषण, खानपान तथा समग्र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रीज्यूले पुनर्निर्माण अभियान नेपाललाई आवश्यक निर्देशनसमेत  दिइन । विद्यालयको सम्पूर्ण व्यवस्थापन पुनर्निर्माण अभियान नेपालले गरिरहेको छ।

 

निरीक्षणका क्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव शान्तकुमार भण्डारीसहित सचिवालयको टोली सहभागी थियो।

 

यसैगरी, नेपाल सरकारले विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार सुनिश्चित गर्न ‘विपद् प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना, २०८३’ कार्यान्वयन गरिरहेको छ।यसबारे थप जानकारी परिषद्को आधिकारिक वेभसाईट www.ncrc.gov.np बाट लिन सकिन्छ ।  

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार