• सोमबार ६-२६-२०८३/Monday 10-12-2026
देश/प्रदेश

बूढीगण्डकी बाढी : १० जना सम्पर्कविहीन, १ शिशुसहित ३६ जनाको उद्धार

काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार कार्य जारी छ । नेपाली सेनाका ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट पनि उद्धार कार्य चलिरहेको छ । 

 

बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । जगतबाट ६ जना, न्याक्फेदीबाट ९ जना तथा यारुबाट १ शिशु तथा १ विदेशीसहित ९ जना र पायुबाट १२ जना गरी हालसम्म जम्मा ३६ जनाको उद्धार भएको नेपाली सेनाले जनाएको छ।

 

बाढीबाट जगत्, सल्लेरी, दोभान र घट्टेखोलागाउँमा समेत क्षति पुगेको छ ।  अन्य सुरक्षा निकाय सँगको समन्वयमा थप खोज तथा उद्धार कार्य भइरहेको छ ।तस्बिर :नेपाली सेना

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार