• मंगलबार ६-२७-२०८३/Tuesday 10-13-2026
राजनीति

कांग्रेस सभापतिमा गगन थापा विजयी

काठमाडौं।‌ नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् ।

 

सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ । कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् । खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ । थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन् ।

 

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि कांग्रेसभित्र पार्टीको वैधानिकता, संगठनात्मक संरचना र नेतृत्वको विषयमा बहस भएको थियो। त्यसपछि भएको १५औँ महाधिवेशनबाट थापा सभापतिमा विजयी भएका हुन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार