• सोमबार ६-२६-२०८३/Monday 10-12-2026
बिश्व

को हुन नवनीतम नावी पिल्ले

काठमाडौं । भारतीय मूलको तमिल परिवारमा जन्मिएकी नवनीतम नावी पिल्लेलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ ।  उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन प्रवर्धन गर्ने प्रयासका लागि सम्मानित गर्न लागिएको नोबेल पुरस्कार समितिले जनाएको छ।  उक्त पुरस्कारबाट सम्मानित हुने उनी एक्काइसौँ महिला हुन्।

 

अहिलेसम्म ११३ व्यक्ति र ३१ वटा संस्था नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत भएका छन्। सन् १९०१ देखि अहिलेसम्म १०७ पटक यो पुरस्कार घोषणा भएको छ।  पिल्लेले अन्तर्राष्ट्रिय कानुनको दायरा र प्रभावलाई उल्लेखनीय रूपमा विस्तार गरेकी छन्। उनले दक्षिण अफ्रिकाको उच्च अदालत, रुवान्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण र अन्तर्राष्ट्रिय आपराधिक अदालत ९आईसीसी० मा न्यायाधीशका रूपमा सेवा गरिसकेकी छन्।

 

उनी संयुक्त राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्त थिइन्। केही समयअघिसम्म उनी कब्जा गरिएको प्यालेस्टिनी भूभागसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिन आयोगको अध्यक्ष थिइन्। अहिले उनी म्यान्मारमाथि नरसंहारको आरोप लागेको मुद्दामा अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजी) मा न्यायाधीशको रूपमा कार्यरत छिन्।

 

पिल्लेले सन् २००९ मा नेपालको पनि भ्रमण गरेकी थिइन्। नेपालमा उनले तात्कालिक राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, नागरिक समाजका अगुवाहरू र सशस्त्र द्वन्द्वका क्रममा मारिएका केही मानिसका परिवारसँग भेटघाट गरेकी थिइन्। त्यसपछि उनले सशस्त्र द्वन्द्वका बेला र त्यसपछि पनि नेपालमा मानवाधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै अन्तर्राष्ट्रिय कानुन अनुसार पीडित परिवारहरूलाई सत्य र न्याय दिनुपर्ने जिम्मेवारी राज्यको भएको औँल्याएकी थिइन्। उनी ८५ वर्षकी भइन्।

 

उनी सन् १९६७ मा दक्षिण अफ्रिकाको नट्याल प्रान्तमा कानुन व्यवसाय सुरु गर्ने प्रथम महिला हुन्। दक्षिण अफ्रिकाको डर्बनमा बसोबास गर्ने बस चालककी छोरी पिल्ले रङ्गभेदको युगमा हुर्किन्।  त्यही बेलादेखि मानवाधिकारको क्षेत्रमा सक्रिय भइन्।  दक्षिण अफ्रिकामा आफ्नै कानुन व्यवसाय सञ्चालन गर्ने उच्च अदालतको न्यायाधीश नियुक्त हुने प्रथम गैरश्वेत महिला पनि पिल्लेलाई नोबेल शान्ति पुरस्कार जितेकोमा बधाई दिँदै युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लेयेनले पिल्लेले 'अन्यायको क्रूरतालाई प्रत्यक्ष सामना गरेको तर कहिल्यै पछि नहटेको' बताएकी छन्।

 

सामाजिक सञ्जाल 'एक्स' मा लेख्दै उनले पिल्लेले जस्तै 'न्याय, शान्ति र मानवीय मर्यादाू का लागि जीवन समर्पित गर्ने मानिसहरू विरलै हुने जनाएकी छन्।अहिलेको विश्वलाई न्यायको झन् बढी आवश्यकता परेको बेलामा उनको साहस र नैतिक स्पष्टता एउटा अमूल्य मार्गदर्शन हो,' उनले भनेकी छन्। हुन्। रङ्गभेदका धेरै विरोधीहरूको पक्षमा वकालत गरेपछि पिल्लेलाई संयुक्त राष्ट्रसङ्घीय महासभाले रुवान्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरणको न्यायाधीशमा निर्वाचित गरेको थियो। उनले अध्यक्षका रूपमा चार वर्षसहित उक्त न्यायाधिकरणमा कुल आठ वर्ष काम गरिन्।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार