बूढीगण्डकी बाढी : ३ वटा पुल बगायो, बस्तीका घरहरुमा समेत क्षति
काठमाडौं । गोरखाको आरुघाट स्टेशनमा नदीको सतह खतराको तहभन्दा अधिक बढी भएको छ।
आइतबार बिहान बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले २ वटा झोलुङ्गे पुल र एउटा फलामे पुल बगाएको छ भने बाढीले बस्तीका घरहरुमा समेत क्षति पुर्याएको प्रहरीले जनाएको छ।
गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका सतर्क रहन प्रहरीले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस