• आइतबार ६-१८-२०८३/Sunday 10-04-2026
डबली

श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

काठमाडौं ।अघिल्लो वर्ष ‘सलह’ उपन्यास ल्याएका कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ सार्वजनिक भएको छ । ‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि उनले नयाँ कविता संग्रह बजारमा ल्याएका हुन् ।

 

चार दशकदेखि कलाका विभिन्न विधामा सिद्धहस्त श्रवण मुकारुङले पछिल्लो डेढ दशकमा लेखेका कविता यस संग्रहमा समेटिएका छन् ।‘मेरो साहित्यिक यात्राको मूल बाटो त कविता नै हो । कवितामै मेरो जीवन संघर्ष जोडिएको छ । आवाज नआइपुग्ने मेघको उल्यालो संग्रहमा बिसे नगर्चीको बयानपछिका कविता पढ्न सक्नुहुनेछ, जहाँ मेरा अनुभव र अभ्यासले अझ परिष्कृत कविता पढ्न पाउनुहुनेछ,’ कवि श्रवण मुकारुङले भने ।

 


‘आवाज नआइपुग्ने मेघको उज्यालो’ कविता संग्रहमा कवि मुकारुङका राजनीतिक, सामाजिक, सांस्कृतिक चेतसहितका सुन्दर कलात्मक कविता संगृहीत छन् । काव्य साधनाको चार दशकपछि उनको यो चौथो कविता संग्रह पब्लिकेसन नेपालयबाट प्रकाशन भएको हो ।


श्रवण मुकारुङ पछिल्लो पाँच वर्षयता शनिवासरीय साप्ताहिक कविता शृंखला नेपालयको ई–कविताका संयोजक हुन् । पछिल्लो पाँच महिनायता नेपालयको आरशालामा काव्य–श्रवण नामक मासिक कार्यक्रम पनि उनी संयोजन गरिरहेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार