वकालतबाट राजनीतिमा देवकोटा,सुर्खेत १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा (खुल्लातर्फ) उम्मेदवारी
सुर्खेत । नेपाली कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत सुर्खेत क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि खुल्लातर्फ तेज बिक्रम देवकोटाले उम्मेदवारी दिएका छन।
युवा तथा विद्यार्थी नेता समेत रहेका देवकोटाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय प्रतिनिधि खुला तर्फ उम्मेदवारी दिएका हुन । उनले आफ्नो राजनीतिक अनुभवसँगै वकालत क्षेत्रमा हासिल गरेको ज्ञानलाई पार्टीको नीति, संगठन निर्माणमा लगाउने बताएका छन ।
अधिवक्ता समेत रहेका देवकोटा त्रिभुवन विश्वविद्यालय समिति उपसभापति , नेपाल ल क्याम्पस एकाई उपाध्यक्ष , केन्द्रीय सदस्य नेविसंघ , नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी काठमाडौँ जिल्ला सदस्यको नेतृत्व गरि सकेका छन ।
वकालत क्षेत्रको अनुभवलाई राजनीतिक यात्रासँग जोड्दै आएका देवकोटाले अंग्रेजी साहित्य,सार्वजनिक प्रशासन,राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक पूरा गरेका छन ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस