• सोमबार ६-१२-२०८३/Monday 09-28-2026
देश/प्रदेश

पर्वतको जलजलामा बाढीले २५ घर बगायो,स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण

पर्वत ।  जलजला गाउँपालिका ८  फर्सेमा  आज बिहान ८ बजे कालीगण्डकी नदीको बहावले   २५ घर बगाएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

 

 बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेको र अन्य घरहरू पनि जोखिममा रहेको प्रहरीको भनाई छ । मानवीय क्षति भने नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

 

पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन । उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार