• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026
देश/प्रदेश

विशेष मौसम बुलेटिन : बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिबिधि बढ्दै जाने

काठमाडौं ।  मौसम विज्ञान विभागले भोलि असोज ७ गते बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिबिधि बढ्दै जाने बताएको छ ।

 

 विशेष मौसमी बुलेटिन जारी गर्दै विभागले आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना  रहेको जनाएको छ ।


 
त्यसैगरी कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि धौरे स्थानमा भारी बर्षाको समेत सम्भावना छ।तस्बिर : मौसम विज्ञान विभाग

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार