• शनिबार ६-३-२०८३/Saturday 09-19-2026
देश/प्रदेश

आज संविधान दिवस

काठमाडौँ । आज संविधान दिवस मनाइँदै छ । २०७२ साल असोज ३ गते संविधानसभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै हरेक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

 

संविधान दिवसका अवसरमा शनिबार टुँडिखेलमा विशेष समारोह आयोजना हुँदै छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरू सहभागी हुनुहुनेछ ।

 

प्रदेश तथा स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दल, विभिन्न सङ्घसंस्था र नागरिकस्तरमा समेत छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देशसमेत जारी गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार