• शुक्रबार ५-५-२०८३/Friday 08-21-2026
अर्थ

नाडाको १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने

काठमाडौं । नेपाली अटोमोबाइल बजारको सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा चिनिएको ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ भाद्र ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आफ्नो स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा अटो शोको १८औँ संस्करण आयोजना गर्न लागेको हो।

 

यस वर्षको नाडा अटो शोमा साना तथा ठूला गरी करिब २ सय वटा स्टल रहने छन्। प्रदर्शनीमा स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसाधन, पार्टपुर्जा, कम्पोनेन्ट, लुब्रिकेन्ट तथा अटोमोबाइलसँग सम्बन्धित विभिन्न उत्पादन तथा सेवा प्रदर्शन गरिने छ।

 

नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६ यही भाद्र ९ देखि १४ गते सम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ र नाडा अटो शो २०२६ को शिर्ष प्रायोजकमा एच.पि. लुब्रिकेन्ट्स् रहेको छ।


नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्नेछ। नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने भएको छ।

 

यस प्रदर्शनीले विगतमा झैं अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने छ।


नाडा अटो शो को मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो। यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पुर्‍याउने विश्वास आयोजकको रहेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार