• शनिबार ५-२०-२०८३/Saturday 09-05-2026
राजनीति

प्रधानमन्त्रीज्यू, राष्ट्रलाई सम्बोधन गर्नुभएको हो कि फेसबुकलाई ?

काठमाडौं । नेकपा एमालेकी सांसद निता घतानीले प्रधानमन्त्री बालेन शाहले राष्ट्रको नाममा आफ्नो फेसबुकबाट सम्बोधन गरेको भन्दै आपत्ति जनाएकी छन्।

 

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आधिकारिक सरकारी माध्यबाट नभई आफ्नो फेसबुकबाट गरेको भन्दै असन्तुष्टि जनाइन्।

 

उनले भनिन्, ‘प्रधानमन्त्रीको सम्बोधन फेसबुक एकाउन्टबाट आउँछ। प्रधानमन्त्रीज्यू, राष्ट्रलाई सम्बोधन गर्नुभएको हो कि आफ्नो फेसबुक पेजको भ्युज र मनिटाइजेसन बढाउनुभएको हो?

 

डिजिटल सरकार ठीक छ, प्रविधिको प्रयोग गरौँ, तर राज्यको आधिकारिक संस्था बाइपास गरेर फेसबुकको भ्युजबाट देश चलाउने होइन।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार