रास्वपा सभापतिमा लामिछाने निर्विरोध निर्वाचित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् ।
चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए ।
उनका अनुसार अहिले केन्द्रीय समिति सदस्यका लागि उम्मेदवारी दर्ता भइरहेको छ । मंगलवार राति १२ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने भोलि बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । चार हजार ५०० भन्दा बढी मतदातालाई मतदान गर्न आठ घण्टा लाग्ने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस