अर्जेन्टिना र इंग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
काठमाडौं। अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनाले ३-१ ले स्विट्जरल्याण्डलाई हराएको हो । अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टर,जुलियान अल्भारेज र लौटारो मार्टिनेजले गोल गरे ।
अर्जेन्टिनाका लागि एलेक्सिस एलिस्टरले खेलको १० औँ मिनेटमा गोल गरे । लियोनल मेस्सीको पासमा उनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
७२औँ मिनेटमा ब्रेल एम्बोलो रातो (दोहोरो पँहेलो) कार्ड पाउँदै बाहिरिएपछि स्विट्जरल्यान्ड १० खेलाडीमा समेटिएको थियो । त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा जुलियन अल्भारेजले एक सय १२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई पुन: अग्रता दिलाउनुभयो ।
एक सय २० मिनेट पछिको इन्जुरी समयमा लौटारो मार्टिनेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई सजिलै जिताउनुभयो । सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि शनिबार राति भएको खेलमा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस