निस्दी काउँलेडाडा कबुलियती वनमा चिया बगान जस्तै देखिने अम्रीसो
देवी सापकोटा,पाल्पा । पाल्पा निस्दीको काउँले डाडा कबुलियती वन यतिवेला अम्रीसोले ढाकिएको छ । यहाँका २ सय २७ घर धुरीका ११९ वटा समुह यस वन संग प्रत्यक्ष रुपमा जोडिएका छन । २ सय ४७ हेक्टर क्षेत्रफलमा फैलिएको काउँलेडाडा हेर्दा चिया बगान जस्तै देखिन्छ । भिरालो डाडाहरु अम्रीसोले ढाकिएका छन भने केहि समथर भागमा विश्राम स्थल संगै पार्क पनि बनाइएको छ । भिरालो पाखाहरुमा कुल १२ लाख ३५ हजार गाँज अम्रीसो लगाइएको छ ।
स्थानिय विरबहादुर पाटा मगरले अम्रिसो संगै अन्य बोट विरुवाहरुमा पनि स्थानियले चासो दिने गरेको र कम्पोष्ट मल राख्न आ– आफ्ना समुहबाट पहल गर्न गरेको बताउँछन ।“बनमारा जस्ता झारहरु भएका ठाउँहरु फडानि गरेर उपयोगी विरुवा रोप्ने,मल राख्ने काम गर्दै आइरहेका छौं” स्थानियले आन्तरिक पर्यटकको समेत राम्रो सम्भावना देखीरहेका छन । यस क्षेत्रका अभियान्ता तथा काउँले डाँडा कवुलियति वनका अध्यक्ष समेत रहेका दमन पाटा मगरले होमस्टेलाई विस्तार गर्न बताउछन । “हाल ७ वटा घरमा होमस्टे संचालनमा छ । आगामी दिनमा संख्या बढाउन सकिन्छ । स्थानियको जिवन स्तर सुधारका लागि पनि यो आवश्यक भएको छ ।” ।
सवडिभिजन कार्यलय पाल्पाका इन्चार्ज नन्दप्रसाद अधिकारीले बर्षमा एक पटक गोडमेल गरिने अम्रिसो खेतिमा हरेक ५ बर्षको अन्तरालमा कम्पोष्ट मल राख्नुपर्ने बताउछन । निस्दी गाउँमा हरेक बर्ष अम्रिसो खेती गर्नहरुको संख्या बढेको छ । स्थानीय तुलबहादुरले अहिले बजारको समस्या नभएको बताए । उनले भने ‘५० रुपैया किलो देखी १३५ रुपैया किलोसम्ममा बिर्की गर्दै आइरहेका छौं । व्यापारीहरुले अम्रिीसो काट्ने बेला अघि नै आएर पैसा बुझाउने गरेका छन ।'
बजारको दु.ख छैन । कम पानी भए पनि हुने र गोडमेल, मलखाद खासै नचाहिने भएर पनि स्थानियको यस तर्फ आर्कषण बढेको उनको बुझाइ छ । हरेक वर्ष माघ र फाल्गुनमा अम्रिसो काटिन्छ । अम्रिसो एउटा त्यसतो बनस्पति हो । जसको कुनै पनि भाग खेर जादैंन । कुचो छुट्याए पछि पातहरु गाइबस्तुको लागि घाँस बनाइन्छ भने बाकी रहेको नलहरु प्नि कागज उद्योगका लागि कच्चा पदार्थका रुपमा बिर्की हुने गर्छ । अम्रीसो खेति बिस्तार गर्न चाहनेले पाखोबाटै जरा समेत किनेर लैजान्छन ।
पाल्पाका सिनियर डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले कबुलियत वनको सक्रियताका कारण हैसियत बिग्रिएको वन क्षेत्रको पुनरुत्थान हुनुका साथै गरिबीको रेखमुनी रहेको समुदायको आर्थिक अवस्थामा ठुलो सुधार आएको बताउछन । अम्रिसो खेती प्रणाली जुन बिकास भएको छ छुटै महत्व छ । हालसम्म निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका रम्भा गाउँपालिका तिनाउ गाउँपालिका माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका लगायतका पालिका हरूमा अम्रिसो खेति बढ्ने क्रममा छ । यी सबै क्षेत्रमा कुल २०५ वटा कबुलियत वन समुहहरु गठन भएका छन ।
१६६८ दशमलव १४ हेक्टर क्षेत्रफल वन जग्गा मार्फत २,२२३ घर धुरीका १५ सय ३१९ जनसंख्या प्रत्यक्ष रुपमा लाभवन्दीत हुँदै आइरहेको शर्माको भनाई छ । डिभिजन वन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका ११२ वटा कवुलियती वन समुहले ६९८ हेक्टर क्षेत्रफलमा २३ लाख ३ हजार ५ सय अम्रिसोका बिरुवा रोपन गरेको उल्लेख छ ।
वन अधिकृत खिल तामाङले स्थानीय उपभोक्ता समूहसँग समन्वय गरी कबुलियती वनको संरक्षण, वृक्षरोपण, जैविक विविधता संरक्षण तथा वन पैदावार व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए। यस अभियानबाट वन क्षेत्रको संरक्षणसँगै स्थानीय समुदायको आयआर्जनमा समेत टेवा पुग्ने उनको विश्वास छ। वन ऐन २०७६ दफा २६ अनुसार हैसियत बिग्रिएको वन क्षेत्र कबुलियती वनको रूपमा उपलब्ध गराउन सक्ने व्यवस्था रहेको छ ।
स्थानीय उपभोक्ताले अम्रीसो बाहेक नेपियर घाँस, तेजपात, किम्बु र दुधीलोलगायतका मस्ला र घाँसका प्रजातिहरु समेत रोप्दै आएको उनको भनाई छ । ठूलो चौर कवुलियति वनमा टिमूरको वृक्षारोपण गरिएको छ भने घैयाडाँडा, अर्चल, ढोलिमारा, जाल्पालगायतका कवुलियती वनमा किवी फल र अन्य घाँस प्रजातिका विरुवाको संख्या बढेको उनी बताउछन । समुहहरुले नै स्थानिय अबश्यकता अनुसार वन प्राविधीकहरु संग सल्लाह गर्न र विरुवाहरु सिफारिस गर्न गरेको उनको अनुभव छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस