• शुक्रबार २-१-२०८३/Friday 05-15-2026
राजनीति

नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रतिनिधिसभाबाट बिहीबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । अवरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी  दलले सदन बहिष्कार गरेका छन् ।

 

प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैबाट नीति तथा कार्यक्रम पारित भएको हो।   नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए। 

 

नीति, कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने भन्दै विपक्षी दलहरूले पटक पटक संसद बैठक अवरुद्ध गरेका थिए। सभामुख सभामुख डोलप्रसाद अर्यालले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास गरेका थिए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार