• बिहीबार १-३१-२०८३/Thursday 05-14-2026
राजनीति

‘लालीबजार हामीले हेर्नै पर्ने फिल्म बनेको छ’

काठमाडौँ । वैशाख २५ देखि नेपालभर प्रदर्शन भएको फिल्म ‘लालीबजार’ ट्रेलर सार्वजनिक भएसँगै चर्चामा आयो । बादी समुदायको महिलाको कथा भएकै कारण समुदायलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयले चर्चा पायो । फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काले बादी महिलाको भूमिका निर्वाह गरेकी छिन् । शासकको शोषणमा परेकी एक आमाले आफ्नो सन्तानलाई शिक्षाज्योति दिन गरेको सङ्घर्ष नै फिल्मको मुलकथा हो ।

 

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ, अर्थात् यो सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । षट्कोण आट्र्सले निर्माण गरेको अघिल्ला फिल्महरू ‘जात्रा’, ‘जात्रै जात्रा’, महापुरूष’, ‘महाजात्रा’ झैँ लालीबजार’ हेर्न पछिल्लो समय परिवार नै दर्शक बनेर हलमा पुगिरहेका छन् ।

 

‘लालीबजार’ हेरिसकेका बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् । फिल्मको विषय वस्तुको तारिफ गर्दै आमाको सङ्घर्षलाई ठूलो पर्दामा हेर्दा आँखा रसाएको बादी समुदायकी अभियता देवीसरा बादीले बताइन । उनले भनिन्, ‘यो फिल्म मेरो पनिकथाहो । मेरो आमाले पनिमलाई सङ्घर्ष गरेर पढाउनु भयो, मैले फिल्म हेरिरहँदा आमालाई देखे । यो हरेक आमा र छोरीले हेर्न पर्ने फिल्म बनेको छ । यो हरेक समुदायका महिलाले गर्व महसुस गर्ने फिल्म बनेको छ ।’ उनले फिल्मलाई लिएर समुदायले कुनै आपत्ति जनाउने ठाउँ नरहेको जानकारी दिदै फिल्म हेरेर मात्रधारणा बनाउन आग्रह गरिन्  ।उनले फिल्म हेर्दै गर्दा बाहिर निस्किएर आमालाई फोन गरेर हालखबर सोधेको बताइन ।

 

‘फिल्म हेर्दा नरसाउने आँखा सायदै भेटिएलान्, मैले आमासँग कुरा गरेपछि मन हल्काभयो ।हाम्रो घाउँ नदेखाएसम्मत्यसको उपचार हुँदैन । फिल्मले हाम्रो विगत भन्दा पनिआउने वर्तमानलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ, मेरो बादी समुदायका महिलालाई म आफैँ फिल्म देखाउँछु’, उनले भनिन् । फिल्मले बादीमात्र नभई अन्य कुनै समुदायको भावनामा ठेस नपुर्याउने कृषा बादीले बताइन । ‘यो फिल्मले मलाई मेरो आमाको पिडा र सङ्घर्षलाई झनै महसुस गरायो । यो फिल्म हेरिरहदा म निकै रोएकी छु ।हाम्रो समुदायको दिदीबहिनीलाई मफिल्म हेरेर आफ्नो प्रतिक्रिया दिनआग्रह गर्छु, फिल्म हेर्नु होला’, उनले भनिन् ।

 

उनले फिल्ममा छोरीको रक्षाकालागिआमाले साशक, समाज र राज्यसँग लडेको लडाईले समुदायकामहिलालाई प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।अर्की बादी समुदायकै अभियन्ता सुमन बादीले फिल्मको बारेमाबाहिर सुनिएको हल्लामाकुनै सत्यता नरहेको बताइन । ‘फिल्मबन्ने कुरा सुन्दामैले पनि के–कस्तो होलाभन्ने सोचेकीथिएँ ।किनकिहामीवाहाम्रो समुदायलाई जहाँ प्रस्तुत गरिएको छ, केवल नराम्रो रुपमा चित्रण गरिएको छ । तर, लालीबजारमाभने हाम्रो समुदायमामहिलाले गरेको सङ्घर्ष रत्यसको सफलतालाई चित्रण गरिएको छ ।यसको मूल संदेश नै तारिफ योग्य छ’, उनले भनिन् ।

 

सुमनले फिल्मको पोस्टर वा ट्रेलर हेरेर कै आधारमाफिल्मबारे सोच बनाएर बस्नुको सट्टा हेर्न आग्रह गरिन् ।अर्की बादी समुदायकी अभियन्तायस्थर बादीले फिल्मले कानूनी अड्चनझेल्नु परेकोमादुःखलागेको बताइन । ‘हाम्रै समुदायकी एक महिलाले फिल्म रोक्न कानूनी प्रक्रियामा जानुभएको थियो, तर फिल्म हेर्दा त्यस्तो केही छैन । यो आमा र छोरीको कथाहो, यसमा हामीले दुःखमान्नु पर्नेकुनै संवादवादृश्य छैन । फिल्मले छोरी पढाउ र अगाडि बढाउ भन्ने संदेश दिएको छ, यो फिल्म हामीले समुदाय स्तरमा देखाउनु पर्नेब नेको छ ।हामीले नै हेर्नु पर्ने फिल्म, हाम्रै समुदायको कुनै व्यक्तिको कारण रोकिएको सुन्दा अच्च्मित छु’, उनले भनिन् ।

 

यस्थरले फिल्मलाई बढी भन्दा बढी महिलालाई देखाउनु पर्नेमा जोड दिईन् । फिल्महेर्ने अधिकाँस सेलिब्रेटीको आँखा रसाएका थिए । ‘लालीबजार’ निर्देशक तथा लेखक यमथापाले फिल्मले पाएको प्रतिक्रियाले आफू उत्साहित रहेको बताए । ‘अहिले हलमा परिवार नै दर्शक बनेर आइरहनुभएको छ, आउनुभएका दर्शक फर्किंदा खुसी हुनहुन्छ । हाम्रो सफलता दर्शकको सन्तुष्टी नै हो’, उनले भने।

 

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशापौडेल, गोविन्द सुनार, आभाआर्याल, तारा शर्मा, रमेशवादी, सरस्वतीअधिकारी, जानकी कडायत, निश्चलपन्थी र विरवल चौधरीलगायतकलाकारहरूको अभिनय रहेको छ।

 

यसै फिल्म मार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरका अभिनेता तथा निर्देशक हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभियन्ताकी रूपमा परिचित छिन् ।निर्देशक यम थापाको कथातथानिर्देशनमाबनेको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेकाहुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता हुन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार