• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
पत्रपत्रिका

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् तयारी तिव्र

काठमाडौँ । वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी तीव्र रुपमा भएको नेताहरुको भनाइ छ ।

 

नेकपाको ७५ औँ स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमसहित महाधिवेशन प्रतिनिधि परिषद् बैठक हुन लागेको हो । सो कार्यक्रमका लागि उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा गठित व्यवस्था समितिले बैठक र छलफल गरेर व्यवस्थापकीय तयारी गरेको छ भने पार्टीको सचिवालय बैठकले सोको लागि साङ्गठनिक, विधान र राजनीतिक प्रतिवेदनसँग सम्बन्धित काम गरिरहेको छ । 

 

समितिको पहिलो बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेलले तयारीको काम चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको एमालेको केन्द्रीय प्रचारप्रसार विभागले जनाएको छ ।

 

व्यवस्थापन समितिमा नेताहरु लालबाबु पण्डित, काशिनाथ अधिकारी, डा. राजन भट्टराई, राजेन्द्र गौतम, विनोद श्रेष्ठ, माधव ढुङ्गेल, डा. भीष्म अधिकारी, गगन विष्ट, विनोद पाण्डे, लोकबहादुर भण्डारी, अश्गर अली, महेन्द्र श्रेष्ठ र राजेन्द्र श्रेष्ठ  सदस्य रहनुभएको छ ।गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार