• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
देश/प्रदेश

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रू’

काठमाडौं । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विस्फोट गराई २ मिटर खनेर मुख्य सुरुङको ब्रेक थ्रु भएको हो । चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गअन्तर्गत मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ६७ मिटर रहेको छ ।

 

आयोजनाको आपतकालीन सुरुङ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडान लगायतका काम बाँकी छ ।सम्झौताअनुसार सुरुङ मार्गको निर्माण अघिल्लो वैशाखमै सम्पन्न हुनुपर्ने थियो । सुरुङमार्ग अन्तर्गत तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर रहने नागढुंगा(सिस्नेरी सुरुङमार्ग आयोजनाले जनाएको छ ।

 

सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप १ वर्ष लाग्ने आयोजनाले जनाएको छ । मुख्य सुरुङ गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने तयारी थियो । १४ मिटर खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ पुराना माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारेका थिए ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्रालय र स्थानीयबीच ९ बुँदे सहमति पछि चैत ६ देखि निर्माण सुरु भएको थियो ।नागढुंगा सुरुङ मार्गको मुख्य लम्बाइ २६ सय ६६ मिटर छ । सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेट मै धादिङको सिस्ने खोला पुगिनेछ । मुख्य सुरुङ २।६८८ किमि र आपत्कालीन सुरुङको दूरी २।५५७ किमि छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार