• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024
अर्थ

पेट्रोलको मूल्य चार रुपियाँले बढ्यो

काठमाडौं । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपियाँले वढेको छ। सोमबारदेखि वृद्धि हुनेगरी पेट्रोल प्रतिलिटर मूल्य एक सय ७५ पुगेको हो। नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आजको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ। 

 

निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपियाँ ७६ पैसाले बढेर आएको हो। निगमले अन्य पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत् रहेको निगमद्वारा आज यहाँ जारी विज्ञप्तिमा जनाइएको छ।    

 

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको प्रतिलिटर मूल्य रुपियाँ एक सय ७२ रुपियाँ ५० पैसा रहेको छ।  यस्तै, दोस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल जिल्लामा प्रतिलिटर रु एक सय ७४ मूल्य कायम गरिएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार