• सोमबार १-१७-२०८१/Monday 04-29-2024
पत्रपत्रिका

सात महिनामा ८ खर्ब उनन्चालिस अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा विप्रेषण आप्रवाह आठ खर्ब ३९ अर्ब पुगेको छ ।  सात महिनामा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो ।

 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई छ अर्ब ३१ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो विप्रेषण १६.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ५८ हजार ५४० रहेको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख १४ हजार ७६७ र एक लाख ६७ हजार ७०८ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २०.० प्रतिशतले वृद्धि भई नौ खर्ब १० अर्ब ७४ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।

 

चालु आर्थिक वर्षको सात महिनामा विस्तृत मुद्राप्रदाय सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ४.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १३.७ प्रतिशतले बढेको छ ।

 

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) दुई खर्ब ९७ अर्ब ७२ करोड (२०.४ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति एक खर्ब २८ अर्ब ५५ करोड (११.२ प्रतिशत) ले बढेको थियो ।भेषराज बेल्बासे/ गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार