• सोमबार १-१७-२०८१/Monday 04-29-2024
पत्रपत्रिका

कांग्रेस महासमिति बैठक भोलिदेखि,नागरिक हकलाई सर्वोपरि मान्ने

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि सुरु हुँदै छ । नीति अधिवेशनको समेत कार्यादेश पाएको महासमिति बैठकमा कांग्रेसको भाबी नीति र कार्यक्रममाथि मन्थन भई पारित हुने छ ।

 

ललितपुरको गोदावरीमा फागुन ७ देखि १० गतेसम्म आयोजना हुने महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकबाट प्राप्त सुझावसहित प्रस्तुत गर्नुहुने छ । 

 

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले परिवर्तनका हरेक आन्दोलनको अगुवाइ र संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले संविधान कार्यान्वयन गरी समुन्नत नेपाल निर्माण कार्यभार पूरा गर्न नेतृत्व गर्ने कार्ययोजनासहितको नीति महासमिति बैठकबाट पारित गर्ने बताउनुभयो । 

 

राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण पोखरेल र राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले संविधानको मर्म र नागरिकको अधिकारका सम्पूर्ण विषयको प्रभावकारी कार्यान्वयन गर्ने गरी निर्णयमा पुग्न कांग्रेसलाई सुझाव दिनुभएको छ ।अशोक अधिकारी/ गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार