• शनिबार ६-६-२०८०/Saturday 09-23-2023
बिश्व

महिला विश्वकप फुटबलमा चुम्बन प्रकरणपछि स्पेनी खेलाडीहरू आन्दोलनमा

स्पेनी फुटबल महासङ्घका अध्यक्ष लुइस रुबिआलेसलाई विश्वको सर्वोच्च निकाय फिफाले अस्थायी रूपमा निलम्बन गरेको छ। उनलाई तत्कालका लागि ९० दिने निलम्बन गरिएको हो।स्पेनको अग्रपङ्क्तिकी खेलाडी जेनीफेर एर्मेसोले अध्यक्ष रुबिआलेसले उनको अनुमतिबिनै चुम्बन गरेको बताएकी थिइन्।

 

महिला खेलाडीलाई चुम्बन गरेको प्रकरणपछि स्पेनका ८१ जना महिला खेलाडीले रुबिआलेसलाई पदबाट नहटाएसम्म स्पेनको महिला टोलीबाट नखेल्ने घोषणा गरेका थिए।रुबिआलेसले भने राजीनामा दिन अस्वीकार गरेपछि उनलाई निलम्बन गरिएको हो।

 

अस्ट्रेलियाको सिड्नीमा भएको महिला विश्वकपको फाइनलमा इङ्गल्यान्डलाई पराजित गरेपछि स्पेनको अग्रपङ्क्तिकी खेलाडी एर्मोसोको ओठमै महासङ्घका अध्यक्षले चुम्बन गरेका थिए।यसअघि स्पेन सरकारले ४६ वर्षीय रुबिआलेसलाई निलम्बन गर्न कानुनी कारबाही सुरु गरेको जनाएको थियो।

 

विश्व फुटबल महासङ्घ फिफाले पनि उनीमाथि अनुशासनको कारबाही सुरु गरेको बताएको थियो।स्पेनिस फुटबल फेडेरेसन (आरएफईएफ) द्वारा बोलाइएको विशेष साधारणसभामा रुबिआलेसले राजीनामा दिने ठानिएको थियो।

 

तर उनले आफू त्यसका लागि "योग्य नभएको" बताउँदै राजीनामा दिन अस्वीकार गरे।उनले आफूले चुम्बनका लागि अनुमति मागेको र जेनिफेरले 'ठीक छ' भनेको बताएका छन्।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार