• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
बिश्व

एक महिला जसलाई पीडा पटक्कै महसुस हुँदैन

काठमाडौं । जो क्यामरनका दुईवटा जीनमा उत्परिवर्तन भएको छ। त्यस्तो आनुवंशिक अवस्था भएको थाहा पाइएको अहिलेसम्म उनमा मात्र हो। उनलाई पीडा हुँदै हुँदैन र शरीरमा लागेको घाउचोट पनि चाँडै निको हुन्छ।

 

ती उत्परिवर्तनले कसरी काम गर्छन् भन्ने कुरा पत्ता लगाउन अनुसन्धाताहरूलाई १० वर्ष लाग्यो। सन् २०१३ मा क्यामरन ६५ वर्षकी थिइन्। उनको हातको शल्यक्रियाका क्रममा उनको एउटा जीनमा उत्परिवर्तन भएको पत्ता लाग्यो। त्यसबाट उनलाई किन पीडा हुँदैन भन्ने थाहा भयो।

 

"बाथ भएकाले मेरो हातको शल्यक्रिया हुन लागेको थियो। म अनीस्थटिस्टसँग कुरा गरिरहेकी थिएँ। उनले शल्यक्रिया निकै पीडादायी हुने र पछि पनि मलाई धेरै दुख्ने बताएका थिए," उनले बीबीसीसँग भनिन्। "त्यति बेला मेरो प्रतिक्रिया थियोः मलाई त्यस्तो हुने छैन। मलाई दुखाइ महसुस नै हुँदैन," उनले भनिन्।

 

उनलाई अलिकति पनि पीडा नभएको देखेपछि अनीस्थटिस्ट डा. देवजित श्रीवास्तवले क्यामरनलाई यूनिभर्सिटी कलेज लन्डन (यूसीएल) र अक्सफर्ड यूनिभर्सिटीमा कार्यरत पीडासम्बन्धी वंशाणुशास्त्रीहरूसमक्ष पठाए। विशेषज्ञहरूको टोलीले उनको डीएनए परीक्षण गर्नका लागि तन्तु र रगतका नमुना सङ्कलन गर्‍यो।

 

छ वर्षको अनुसन्धानपछि उनीहरूले पहिले अज्ञात FAAH-OUT जीनको उत्परिवर्तनका कारण क्यामरनलाई कुनै पीडा, तनाव वा डर महसुस नहुने तथ्य पत्ता लगाए।क्यामरन स्कटिश हाइल्यान्ड्समा लोख नेस भन्ने ठाउँनजिकै बसोबास गर्छिन्।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार