• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

कोही निर्दोष फस्ने काम नहोस् : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताएका छन ।

 

मङ्गलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दैं  श्रेष्ठले नेपाल प्रहरीलाई कसैको पनि दबाबमा नपरिकन काम गर्न निर्देशन दिइएको जानकारी दिए ।

 

 उनले भने 'अनुसन्धानको आधारमा विभिन्न व्यक्तिहरुलाई नियन्त्रणमा लिने र अनुसन्धानले पुष्टि गरेपछि कानुनी दायरामा ल्याउने सरकारको लक्ष्य छ । कोही निर्दोष फस्ने काम नहोस् भनेर भनेका छौँ, कसैको छविमाथि आघात नपुगोस् र कोही पनि दोषी नछुटोस् भनेर निर्देशन दिइएको छ ।'
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार