• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

टाटा मोटर्सको नयाँ शोरुम अब भक्तपुरमा

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्गले भक्तपुरमा नयाँ शोरुमको शुभारम्भ गरेको छ । सिप्रदी ट्रेडिङ्गका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर ज.ब.रा. तथा टाटा मोटर्स लिमिटेडका तर्फबाट पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले संयुक्त रुपमा नयाँ शोरुमको उद्घाटन गरे । 

 

नयाँ शोरुम उद्घाटन सँगै टाटा मोटर्स्ले बजारमा आफ्नो सेवा विस्तार गरेको छ भने नयाँ शोरुममा टाटा मोटर्स्को पेसेन्जर भेहिकलहरु प्रदर्शन गरिएका छन् । ग्राहकहरूलाई विक्रीपश्चात् पनि भरपर्दो सेवा तथा सुविधाहरू प्रदान गर्ने उद्देश्य स्वरूप टाटाको सर्वश्रेष्ठ सर्भिस नेटवर्क नेपालभर फैलिएका छन् ।

 

नयाँ शोरुम उद्घाटन गर्ने क्रममा सिद्धार्थ शमशेर ज.ब.रा.ले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकहरूलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए ।  साथै उक्त नयाँ शोरुमले ग्राहकहरूलाई गाडी खरिद गर्दा र खरिदपश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गर्ने समेत जानकारी गराए । 

 

सोही अवसरमा टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले पनि ग्राहकहरुको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि  आफ्नै शोरुमहरु थप्दैे लगेकोे जानकारी दिए  । 

 

ग्राहकहरुलाई विश्वसनीयएवं भरपर्दो सेवा प्रदान गर्न नयाँशोरुमहरुको भूमिका महत्वपूर्ण हुने र यसै क्रममा सिप्रदी ट्रेडिङ्ग प्रा.लिले ग्राहकहरु लाई विश्वसनीय मात्र नभई उच्चस्तरीय सेवाप्रदानगर्ने कुरामाआपूmहरुविश्वस्तभएको समेत बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार