• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
शिक्षा

'छोरी पढाऔ गरिमा बढाऔँ' भन्ने आह्वानसहित कर्णालीका ६७ जना बालिकालाई छात्रवृत्ति

काठमाडौ  । मानव अधिकार तथा शान्ति समाजले कर्णाली प्रदेशका विकट हिमाली जिल्ला हुम्ला, जुम्ला, कालिकोट, र मुगुका विपन्न दलित समुदायका ६७ बालिकालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

२०८० सालबाट प्रदान गरिने तीन वर्षे छात्रवृत्ति अभियानका क्रममा ६ कक्षामा अध्ययनरत ६७ बालिकालाई हरेक वर्ष १२ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिने समाजले जनाएको छ ।

 


छोरी पढाऔ : गरिमा बढाऔँ भन्ने आह्वानसहित शान्ति समाजले २०७८ सालबाट सुरु गरेको पाँच वर्षे बालिका छात्रवृत्ति अभियानको पहिलो चरणमा मोरङ जिल्लाको दुई वटा गाउँपालिकाका ३७ जना विपन्न दलित समुदायका बालिकालाई हरेक वर्ष १२ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गर्दै  आएको छ ।यससँगै शान्ति समाजले हरेक वर्ष बालिकाहरूलाई प्रदान गर्ने छात्रवृत्ति संख्या १०४ पुगेको छ ।

 

 

कर्णाली केन्द्रित तीन वर्षे छात्रवृत्तिका लागि शान्ति समाजका सभापति रामकृष्ण बरालले २ जना र वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, उपसभापति पुष्पा मल्ल, सचिवहरू लक्ष्मीनारायण मिश्र, अमरबहादुर गौतम, सन्तोष अधिकारी क्षेत्री, प्रकाश शाही, सन्तोष रौनियार, पूर्व सचिव मदन बहादुर कुवँर, केन्द्रीय सदस्यहरू, डि.पी खनाल, तुलसीराम सुनारले छात्रवृत्ति रकम प्रदान गर्ने समाजले आज जारी गरेको विज्ञप्तिमा छ ।

 

रकम उपलब्ध गराउने समाजका केन्द्रीय सदस्यहरूमा अरुण ज्ञवाली, ज्योति बाल्मिकी, निर्मला गुरुङ, अनुजा सैजु, दिवाकर पुडासैनी, प्रतिमा महतो जिल्ला सभापति तथा पदाधिकारीहरू शम्भु राउत, खिम (कृष्ण) भट्टराई, रेनुका देवकोटा, भानु रिमाल, तिर्थराज न्यौपाने, प्रेम भण्डारी, निलकण्ठ शर्मा, ढुण्डीराज पोखरेल, हरिप्रसाद रेग्मी, सन्तवीर बराल छन् ।

 

यसैगरी समाजकै केन्द्रीय सदस्यहरू डोरविक्रम श्रीस, दीपक गौतम, सम्झना बुढा, सुशिला रेग्मी, जीवन के.सी, प्रमोद फुयाल, रमेश बराल, शंकरप्रसाद जोशी आजीवन सदस्यहरू शिवप्रसाद दाहाल, जगन्नाथ पुडासैनी, ईश्वरा लिङदेन, कृष्ण पराजुली, जगन्नाथ अर्याल, जयराम पुडासैनीले पनि रकम उपलब्ध गराउने समाजले जनाएको छ ।

 

छात्रवृत्ति उपलब्ध गराउने अन्य केन्द्रीय सदस्यहरूमा सरीफ गहतराज, पुर्णचन्द्र चापागाई, योगेन्द्र कार्की, रविन्द्र आचार्य, रुद्र बहादुर न्यौपाने, मधुराज पौडेल, हरिभक्त पुडासैनी, सुरज बोहरा छन् ।

 

यसैगरी समाजका सदस्य तथा शुभचिन्तकहरू सृष्टि श्रेष्ठ राजवंशी, बोनिन पिया, जीवन काफ्ले, कमल ढुंगाना, गोपाल बस्याल, सुशील के.सी, ऋषिकेश पुडासैनी, आले लामा, पूर्ण नेपाली, चिरञ्जीवी खनाल, बालदिप कँडेल, सन्तोष शर्मा र मिहुल पुडासैनीका अभिभावकले एक एक जनाको छात्रवृत्ति रकम प्रदान गर्ने समाजको विज्ञप्तिमा छ ।

 

आजीवन सदस्यहरू बिष्णु चापागाई र राकेश दास, कोमल डि.सी र माधव बस्नेत, गृष्मा खनाल र दिप्सन खनाल, शैशव खनाल-आर्या पाण्डेका अभिभावकले ४ जनाको छात्रवृत्ति रकम प्रदान गर्ने समाजले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार