• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

पूर्वगृहमन्त्री खाँण पक्राउ, तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिदै

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पक्राउ गरेको छ । खाणलाई प्रहरीले बुधबार बिहान काठमाडौँको मैजुबहालस्थित उहाँकै निवासबाट पक्राउ गरेको हो । 

 

त्यसअघि खाणका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि जडीबुटीस्थित निवासबाटै पक्राउ गरेको हो।  पूर्वगृहमन्त्री खाण र उनका सहयोगी नरेन्द्र केसीलाई बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। प्रहरीले दुवै जनालाई अदालतमा उपस्थित गराई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ ।

 

प्रहरी टोली आफूलाई पक्राउ गर्न आएको सुइँको पाएपछि घरभित्र ढोका थुनेर बसेका खाणलाई पक्राउ गर्ने क्रममा प्रहरीले ढोका फोडेर उहाँको कोठामा प्रवेश गर्नुपरेको थियो । भाग्न सक्ने र गोप्य सूचना बाहिरिन सक्ने भएकाले खाणलाई पक्राउ गर्न प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी लिन अस्वीकार गरेका खाणलाई प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याएको थियो । परिसरमा समेत खाणले अदालतमा उपस्थित हुन इन्कार गर्नुभएको थियो । लामो वादविवादपछि प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो । 

 

जिल्ला अदालत काठमाडौंले  पक्राउ परेका पूर्वगृहमन्त्री  खाँणलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार