• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

पाको उमेरका मानिसहरूका लागि उपयुक्त पुस्तक

-गोपीरमण उपाध्याय

 

काठमाडौं । प्रा. डा. मुकेशकुमार चालिसे द्वारा लिखित 'मानिला मान्छेका धामा' जुनसुकै उमेर समूहका लागि एक पटक पढ्नै पर्ने भएता पनि सेवा निवृत्त जीवन बाँचीरहनुभएका विभिन्न पेशागत समुहबाट फुर्सद पाएर घरमै बस्नुपरेका व्यक्तित्वहरुका लागि भावी जीवनको सतर्कता लागि एकपटक स्वयं पढेर वा पढ्न यदि अशक्त हुनुहुन्छ भने अरुलाई पढ्‌न लगाएर पनि मनन गर्नुपर्ने पुस्तक रहेछ । 

 

देशमा विद्यमान, अशिष्ट, दर्शनविहीन राजनीतिक किचलो, आयआर्जन निम्ती अवसर विहीनता र सामाजिक असुरक्षा को नकारात्मक प्रभावस्वरूप किशोर र वयस्कहरूको पलायन बढ्‌दो गतिमा छ । उनीहरूले (पाका मानिसहरुले) सँगालेको संस्कार र अहम्‌ले गर्दा विपरीत सामाजिक परिस्थितिमा गएर टिक्न सक्दैनन् । आखिर आनन्दलग्ने त आफ्नै सामाजिक परिवेश, हुर्कि बढे‌को ठाउँ र देश भएकाले बसोवासगर्ने अन्तीममा नेपाल नै हो । कथा पुराणकालिन पात्रहरूको कन्तविजोक हामीलाई नौलो होइन । नेपालका विभिन्न बलिया दलको कलह र आन्तरिक मनमुटावले ूहस्तिनापुरको रजाइँबाट चपरी मुनिको वास गराएकोू सबैलाई थाह छ ।

 

आफूले बचेखुचेको खाएर, फाटेटालेको लगाएर भए पनि हामीलाई मीठो मसीनो खुवाएर सकेको राम्रो लगाउन लगाउने बाआमाको तुलना 'भगवान्' भनिनेसँग पनि गर्न सकिदैन । बुद्धि विग्रिएर केही दुष्ट मति भएका सन्तानको त के कुरा गर्नु ? स-साना बाल-बालिकाको हेरचाह तथा पढाईमा पनि सहयोगी हुन्छन्  पाका मानिस । केटाकेटी पनि आफ्नै बा-आमा भन्दा हजुरबा-हजुरआमासँग बढि लाडिने र भनेको मान्ने हुन्छन्  । बरु फुर्सद‌मा रहेको वेला, आफै मोबाईल, कम्युटर र टि.भी. चलाउन सक्ने गरेर सिकाउँ । यसले पाका मानिसको एकान्तपन र निराशा हटेर अझ वढि स्नेही र मिलनसार बन्दै जानुहुन्छ । आफ्ना अभिभावक, संसारमा सबैभन्दा मूल्यवान सम्पत्ति हुन् भन्ने सोचिदिए पुग्छ । धेरै देशमा गरिएको बैज्ञानिक अध्ययनले देखाएको छ कि हजुरबाआमा भएको परिवारका केटाकेटीहरु कुपोषणको शिकार भएका छैनन् ।

 

(क) सामाजिक सञ्जालमा आएका केही कामलाग्दा स्वास्थ्य सामग्रीको अध्ययनले पनि आफू तन्दुरुस्त रहने उपाय पत्ता लगाउँन सकिन्छ । (ख) एक्लोपन र निराशाको विरुद्ध इण्टरनेट सुविधाले अनेक संभावना मुखरित गर्न सक्छ भन्ने तथ्य बेलायतीहरूको रहेको छ । प्रतिस्पर्धा हुने खेलहरू (चेस, बाघचाल, कोठेपद, आदि) मोबाईल वा अन्यन्त्र पनि खेल्न थाले पछि दिमाग सक्रिय भएर स्वस्थ रहन मद्दत पुग्छ । यसले मस्तिष्कमा समस्या भएर विर्सिने अथवा नचिन्हे (डिमेन्सिया) भनिने रोग लागेर असाध्य हुने बेलालाई घचेट्न सकिन्छ । सक्रिय रहीरहनु खास गरेर पाका मानिसहरुकालागि महत्वपूर्ण हुन्छ। स्वस्थ रहनुभयो भने तपाईले सामान्यतया पाको उमेरमा औषधी गर्नुपर्ने मधुमेह, मुटुरोगबाट बँच्न सकेको वा छुन नसक्ने संभावना बढि हुन्छ ।

 

आफूले नखाएर, नलगाएर, नपढेर, पनि खुवाउने, लगाईदिने र पढाईदिने ती बाबुआमा भन्दा दयालु भगवान् पनि छैनन् है १ एक वचन सहेर पनि घरमैँ राखौं । यसमा हाम्रै भलै हुन्छ।जीवन भनेकै जीवन पर्यन्त गरिने स्वास्थ्यको मर्मत, संरक्षण हो । तपाईंको स्वस्थ्य बानी व्यहोरा छ भने र बानी नविगारी विगत जीवनभर नियम कायम राख्नु भएको छ भने दीर्घजीवन र सुखी पाका मानिसमा दरिन सक्ने सम्भावना बढि हुन्छ । विशेष गरेर हरेक दिनको नियमित तपाईको हाडको स्वास्थ्य, बलियोपन र सन्तुलनको समस्या हल हुन थाल्दछ । हाड बलियो र जीउको सन्तुलनभएमा तपाईहरू लखराउने र पछारिने समस्या कम हुँदै जान्छ । निरक्षरी महिला नै पचास वर्ष नाघेपनि पढ्न आएर एस।एल।सी पास गरेको त् प्रेरणा महिला विद्यालय ललितपुरलाई सोधे पनि थाह पाईन्छ है !

 

बरु नयाँ तरिका र दृष्टिकोणबाट हरेक भनाईलाई हेर्न मद्दत गरेर पुराना, अप्रमाणिक शोचाई र अवधारणाका विरूद्ध उठ्न सिकाउँनु पर्दछ । स्वस्थ्य रहन हामी जसरी भए पनि सक्रिय र गतिशील भईरहनु पर्दछ यसै गर्नुपर्छ भन्ने पनि होईन, शरीरका सबै भाग चले पुग्दछ । पाका मानिसले पनि सकेको शाररिक वा बौद्धिक काम नियमितरूपमा गर्दै सरल, सादा र इच्छा अनुसार परिवारलाई बाधा नपुग्नेगरी वा त्यस्तो कुनै वाधा नपार्नेगरी क्रियाकलापहरू गरिरहनु पर्दछ । बेलैमा उचित अनुभव र ज्ञानलाई आदर गर्ने सामाजिक व्यवहारको चाँजोपाँजो गरेर सुखमय र छोड्‌न मन नलाग्ने पारिवारिक अवस्था आउँन कुनै भद्रो पर्खिनु पर्दैन ।

 

मानिस आफ्नो स्वाद, बानी र अज्ञानताले मन लागि गर्दा र तिनको स्वास्थ्य रक्षाका लागि चाहिने पोषणयुक्त खानपान नगर्दा रोगवाट आक्रान्त धेरै भेटिन्छन् । सूर्ति, पान, सुपारी आदिको अम्बल भए त के चाहियो र ? दाँतमात्र होईन स्वासलेनै के कस्तो गन्ध छोड्छ र कतिसम्म विग्रिन्छ भन्ने सबैलाई थाह छ । कतिपय जाँड रक्सी चल्ने मानिस समूहमा पाका मानिसमा आएको समस्या विर्सन, हटाउँन वा घटाउन मद्यपानको मात्रा बढाउँछन् । यी सबै कुरा अवैज्ञानिक र हानीकारक तरिका हुन् । पहिला कामको व्यस्तताले नियमित व्यायाम नगरेता पनि अब सक्ने व्यायाम नियमित गर्नु पर्छ। आफ्ना समस्या चिकित्सक सँग धक नमानि सोधपूछ र सल्लाह लिनुपर्छ ।

 

जतिञ्जेल वाँचिन्छ, आनन्दले वाँच्नु पर्दछ । जीवित प्राणीलाईनै रोग लाग्छ । मरे पछि वा निर्जीवलाई रोग लाग्ने होईन भन्ने सत्यलाई मानेर सकेको उपचार गर्नु पर्दछ । पैसो केन्द्रित बजारवाद, खुला अर्थनीति र यान्त्रिक उन्नतिले मानिसका मानवीय आदर्श एक प्रकारले सस्ता र आत्मकेन्द्रित भएका छन् । अहिले, आदर, अदव, शिष्टाचार नैतिकता, धक, शरम, लज्जा, गुनमान्ने र गुनलगाउने सबैकुरा धेरैका लागि अनौठा शब्द बनेका छन् ।

 

आजका पाका मान्छे नेपालमा भौतिक र राजनीतिक उथलपुथल अघि र प्रारम्भिक कालका उपज हुन् । शिक्षा दीक्षा, पारिवारिक अनुशासन आजकाले कम कल्पना गर्नसक्ने स्थितिबाट गुज्रेका र उहाँहरू हुर्किएका हुनुहुन्छ । औषधी गरेर पनि वाँकी जीवन थोरै भएका पाका मान्छेमा, देखापर्ने यो मनोवैज्ञानिक परिणामलाई वयस्कहरुले वेलैमा हुन नदिनका लागि उपचार गरिहाल्नु पर्दछ । केही अनुसन्धान रिपोर्टहरुमा बताइएअनुसार त्यस्तो एक्लोपन रहिरह्यो भने मस्तिष्क प्रणालीमा नै असर गर्न सक्छ त्यसपछि उन्माद, चिन्ताग्रस्तता, आत्मलधुताभाष, अनिद्रा र तनाव सहितको दिनचर्या वन्दछ । नकारात्मक सोचाईले ग्रसित भएर आफ्नो क्षमता र मूल्यको कुनै विश्वास नगर्नु । चाहिने भन्दा आफू हरेक कुरामा कमजोर भएको लागिरहनु । यस्तै मनको पीडा र सोचाईको फलस्वरूप अरु खालको असाध्य खालको एक्लोपनको शिकार होईन्छ । मान्छे कम बोल्न थाल्नु, उमेर अनुसार सिकाई, सधाई गर्न अग्रसर नहुनु र पिलिपिलि उराठ आँखाले हेरिरहनु, उहाँको ९पाका मानिसको० हितमा हुँदैन भने परिवारको पनि कुदिन आउँन लाग्यो भन्ने बुझे हुन्छ ।

 

उनीहरू मनका कुरा मनमै दवाएर राख्न सक्लान् तर धेरै पाका मानिसहरू आफ्नो आर्जित ज्ञानमा गर्वका साथ आफ्ना परिवारले अङ्गीकार गरिदिउन् भन्ने नै सोच्छन् । उहाँहरूका कुराहरु सकेसम्म पुरा गर्नु नै राम्रो हो, नसके कम्तीमा आदरपूर्वक सुनेर आश्वासन दिने गर्नुपर्छ । एक अध्ययन अनुसार पाका मान्छेलाई आदरपूर्वक राखिएको, उहाँहरूको सल्लाहलाई पारिवारिक अनुशासन र व्यवहारको शिष्टता मानिएको परिवारका केटाकेटी विद्यालय नजाने वा विद्यालयवाट नपढी भाग्ने बहुत कम हुन्छन्।

 

पाका मान्छेको इज्जत भएको परिवारमा सवै सदस्यहरू सहयोगी शिष्ट, सामाजिक र एक से एक अब्बल कामगर्ने भएर निस्कन्छन् । पाका मान्छेमा एक्लोपन आउँनु साह्रै चित्त दुखेको अवस्थाको संकेत हो । बाहिरीकारणले भएमा त्यस्तो ठाउँलार्इ बहिष्कार गर्न गराउँन सकिन्छ । तर घरभित्र कारण भएमा, परिवारमा ठूलो संकट आउन सक्छ । पाका मान्छेहरूले सकेको सक्रियता र हँसमुख स्वभाव र दिनचर्या बालवालिका र किशोर किशोरीहरुमा सकारात्मक प्रभाव पर्दछ।

 

पाका मानिसहरुको एक्लोपन निवारणकालागि पृष्ठ ६९ देखि पृष्ठ ७२ सम्म १२ वटा टिप्सहरु छन् तिनलाई पढेर मनन गर्दा निदै लाभ पुग्न सक्ने छ। हरेक युगमा हरेकपल नयाँ नयाँ कामहरु भएका छन् । केही परम्परामा नै टाँसिएका थिए भने केही नयाँ नयाँ प्रयोग गर्नमा उत्साहित पनि भए। ती सवैका साक्षी तपाइँकै घरमा नै रहेका पाका मानिसहरू हुनुहुन्छ । उहाँहरु आफैले नगरे पनि ती अनुभवका आधारमा तपाइँलाई किञ्चित मर्का नपर्ने उपायहरू (बताउँन) सुझाउँन सक्नुहुन्छ ।अनुभवका खातभएका पाका मान्छेका आतित्वलाई नकार्ने कुबुद्धि नगर्नुहोस् । यसले तपाइँलाई हद दर्जा दिए ुटुप्पामा पलाको फेद हराकोु भन्ने उपनामले विभूषित गर्न सक्छ । खास विषयका ज्ञाता एवं विज्ञ पाका मान्छेबाट त ज्ञानविज्ञानको विकासक्रम बुझ्न झन सजिलो हुन्छ। सामाजिक, राजनीतिक इतिहासका विषय त कसले कसकोलागि लाखिएको हो रु त्यसरी नै लेखिन्छ । तर कैयौं कुरा कसैको स्वार्थलेगर्दा यसरी ओझल परेका हुन्छन् । पाका मानिसहरुका कुराहरू सुनेर मान गर्न सक्नु हुन्न भने हियाउँने, बेवास्ता गर्ने, सुनेको नसुनेझैं गर्ने गरेर अवज्ञा र अपमान त् नगर्नुस् न ११ तपाइँलाई उहाँहरुका नरम र विवेकी कुरा सुन्दा केही नोक्सान छैन। मानव समाजको विकास प्रक्रिया नियाल्ने हो भने उन्नाइसौं शताब्दी पछि संसारभर आएको यान्त्रिक र राजनीतिक परिवर्तनले सकारात्मक साथै नकारात्मक कुराहरुले फड्‌को मारेको देखिन्छ। पाका मान्छेलाई अप्ठ्यारोमा पारेर, अभद्र, हेलाँहोचो व्यवहार गरेर मानव सभ्यताको विशाल महललाई भत्काउने अधिकार कसैलाई पनि छैन । तपाई हामीले यस्तो पक्कै गर्दैनौँ ।

 

स्वस्थ्य शरीर भनेको स्वस्थ्य दिमागकै परिचायक हो । दिमाग स्वस्थ रहँदा नै हामीले आफ्नो पूरा शरीरको हेरचाह राम्ररी गर्न सक्छौँ । पाका मान्छेले नियमित व्यायाम गरेपछि मष्तिष्क र स्नायु प्रणाली सुध्रिएको अमेरिकी अनुसन्धान प्रतिष्ठानको रिपोर्टले देखाएको छ । सबैभन्दा कम चिन्ता हुने र गर्न सकिने व्यायाम भनेको लुरुलुरु हिँड्नु हो। पाका मान्छे मध्ये कसै कसैलाई लामो दूरीमा हिडडुल गर्न गाह्रो लाग्छ । त्यसैले आफ्नो शारिरीक अवस्था र शक्ति अनुसार हिडाईको गति र दूरी मिलाउन सक्नुपर्छ । हिडाई व्यायामहरुमा सबैभन्दा राम्रो व्यायाम मानिन्छ । हिँड्दा यदि रक्तचाप र फोक्सोको जटिल समस्या छैन भने अलीअली स्वाँ स्वाँ हुनेगरी हिँडनु मुटु र फोक्सोलगायत पुरै शरिरलाई फाईदाजनक हुन्छ।

 

पाका मान्छेको आनन्द कस्तो हुन्छ रु भन्ने विषयमा पनि त्यस्तै उल्लेखनीय विषयहरू छन् । पाका मानिसहरुमा विर्सिने वानी कस्तोसम्म हुन्छ, त्यसले अल्ज्हाईमर रूप लियो भने के के हुन्छ, भन्ने विषयका वर्णन रहेको छ । यस सम्बन्धमा ११ वटा टिप्सहरु पनि उल्लेखनीय छन् ।पाका मानिसहरुका संस्मरण र विस्मृतिका विषयमा र मानिसले आफ्ना पीर मर्काहरुको व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने विषय पनि उल्लेखनीय रहेको छ । त्यसपछि सामाजिक शिष्टाचारका विषयमा पाका मानिसले गर्नेकाम, उनीहरुप्रति अरुले गर्नुपर्ने कामका विषयमा पनि उल्लेख छ ।

 

'चाडपर्वमा पाका मान्छेका कुरा' भन्ने शीर्षकको लेख ज्यादै महत्वपूर्ण लेख रहेछ । त्यसमा चाड पर्वहरुका विषयमा वैज्ञानिक चिन्तन रहेको छ। त्यसमा भनिएको छ, चाडपर्वहरुलाई मान्नुपर्ने विज्ञान सम्मत धारणा सतहमा त्यती देखिँदैन । “भिक्षु रहेसम्म घण्टी बजाऔंू भन्ने उखान जस्तै जातीय गौरव, मौलिकता देखाउँने मानसिकता र समूहगत घारणाले बढि काम गरेको देखिन्छ । अर्को कारण मानव विकासको विभिन्न फेरबदलमा विकसित हुँदैआएका पृथ्वीका हरेक मानव समुदायको भूगोल र हावापानी अनुसार आ(आफ्नै रितिथिति र संस्कार अनुसार हुन्छ । त्यसमा अहिलेका मानिसले आफ्नै हितमा भएका विज्ञानसम्मत आचरण तथा कामहरूको सत्यतथ्य खोज्नमा ध्यान दिऔं । चाडवाड मनाउने विषयमा अझै अगाडि भनिएको छ( व्यवहारिक पक्षको सक्दो जगेर्ना गरौं, अन्धविश्वास, काल्पनिक, मनगढन्ते क्रियाकलाप र त्यस्ता क्रियाकलापहरुलाई छोड्‌दै जाऔं । यसरी पनि चाडवाडहरु केवल पम्परा र संस्कार भन्दा पनि त्यसको व्यवहारिक पक्षलाई ध्यान दिनु उचित हुन्छ भनेर बताईएको छ ।
 

राजनीतिक दलहरु पाका मानिसहरु प्रति कस्तो व्यवहार गर्छन् र उनीलाई भोट वैँकका रूपमा कसरी प्रयोग गर्छन भन्ने मार्मिक विषयलाई ूसंसारमा पाका मान्छेका कुरा र हाम्रो चुनावू शीर्षक अन्तर्गत समेटिएको छ भने पाका मानिसहरु प्रति हुने सामाजिक दुर्व्यवहार जस्तै १. मनोवैज्ञानिक दुर्व्यवहार २. आर्थिक दुर्व्यवहार ३. भौतिक दुर्व्यवहार र ४. सामाजिक दुर्व्यवहारहरुका विषयमा बताउनुका साथै त्यस्ता दुर्व्यवहारहरुवाट कसरी जोगिन सकिन्छ भन्ने समेत बताईएको छ। यस्तै गरी ५. यौन दुर्व्यवहार देखि ६. घराले वस्नेहरूले गर्ने दुर्व्यवहारहरू पनि यसै अन्तर्गत पर्दछन् । पाका मानिसहरुलाई विभिन्न मौसमहरू जस्तो जाडोयाम, वर्षायाम र गर्मीयामहरुमा आईपर्ने समस्याहरू तिनको निराकरणमा पनि ध्यान दिईएका केही लेखहरू पनि यसमा समेटिएका छन् ।

 

यस्तैगरी जलवायु परिवर्तनले गर्दा पाका मानिसमा हुने समस्या र वाथरोगले आईपर्ने समस्याहरूका वारेमा पनि विस्तृत रूपमा बताउँदै भनिएको छ- कुनै जमानामा पत्ता लागेको विधि र उपचार पद्धतिले तपाईंको वाथ निको नहुन सक्छ । त्यसैले हरेक मानिसलार्इ प्रभाव पार्ने खानपान, शरीरको फाप अफाप र वंशानुगत कुरालाई ध्यानमा राखेर उपचार गर्नु गराउनु समस्या तह लगाउनु हो । पाका मानिसहरूले के कस्ता विषयमा ध्यान दिदा उचित हुन्छ मन्ने विषयमा भनिएको छ- पाका मान्छे आफैले केही कुरामा विचार मन्थन गरी खुसी भएर सहज जीवनको बाटो लाग्नु पर्छ । पाका मान्छेले आफैँ मसीना कुरामा ध्यान दिई मनोवैज्ञानिक स्वभावमा परिवर्तन गर्नैपर्छ । हिजोसम्म तुजुक, घमण्ड र मिच्याई गर्ने स्वभाव‌ भए अब हरेक कुरामा सहने, कम बोल्ने, अँ अँ गर्ने,बोल्नै परे 'यस्तो लाग्छ' सम्म भन्ने । यसो गर, उसो गर १ यस्तै हुनपर्छ मलाई ! नभन्ने र हरेक विषयमा चासो कम राख्ने ।

 

त्यस्तैगरी अन्य घरपरिवार विषयहरूमा त्यसरी नै ध्यान दिनाले घरमा अपेक्षाकृत शान्तिकायम हुन्छ भन्ने सम्बन्धमा भनिएको छ- सामान्यतया दैनिक खानपानमा पनि सन्तोषी भई खाना खाने, पछि पकाउँने र व्यवस्था गर्ने प्रति मीठो खाना पाएकोमा आभार व्यक्त गर्नुहोस् । यसले काम गर्नेलाई सन्तुष्टि मात्र होईन तपाइँलाई फेरि खुवाउँन लालायित बनाउँने छ ।उपसंहार गर्दै लेखकले भन्नु भएको छ जुन कुरा हरेक विवेकशील मानिसका जीवनमा यथार्थ रूपमा लागु हुन्छ जस्तो- 'आफ्नो ज्ञान, सीप र अनुभवका आधारमा सहज र प्रफुल्ल जीवन जिउन तपाईलाई कसले रोक्छ ? त्यस्ता शत्रु भावना त्यागौँ र सकारात्मक भई मनको चैनकासाथ आनन्द मान्नु नै पाका मान्छेको खुसीको क्षण बन्न जान्छ । 

 

निष्कर्षका रूपमा भन्नुपर्दा प्रस्तुत पुस्तक-'मानिला मान्छेका धामा' को अन्तीम निष्कर्ष भनेको मानिसले आफ्नो जीवन सुन्दर एवं सुखमय बनाउँन पनि सक्दछ र त्यसैलाई अत्यन्त दुखदायी र पीडाजनक पनि बनाउँन सकिन्छ । यो सबै विषय आफ्नै हातमा रहेको छ । थोरै ध्यान दिईयो भने असल नै हुन्छ भन्ने किताबका लेखहरुको आशय रहेको छ ।                        

 

(लेखक दर्शन सम्बन्धि बरिष्ठ अध्येता र सञ्चारकर्मी हुनुहुन्छ )

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार