• मंगलबार १-३०-२०८२/Tuesday 05-13-2025
बिश्व

मानहानीमा राहुल गान्धीलाई २ वर्ष जेल सजाय

फौजदारी मानहानी अभियोगमा भारतका विपक्षी नेता राहुल गान्धीलाई एउटा स्थानीय अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ।

 

गान्धीलाई गुजरात राज्यको एउटा अदालतले सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको उपनामलाई लिएर चुनावी र्‍यालीमा दिएको प्रतिक्रिया सन्दर्भमा दोषी ठहर गरेको हो।

 

उनी तत्कालै जेल जाने छैनन्। उनलाई ३० दिनको लागि जमानत दिइएको छ र उनले उक्त आदेशविरुद्ध पुनरावेदन दर्ता गराउन सक्नेछन्।

 

न्यायाधीशले आदेश सुनाउँदा कंग्रेस पार्टीका सांसद गान्धी अदालतमा उपस्थित थिए।उनका वकिलले उपयुक्त कानुनी प्रक्रिया यो मुद्दाको सन्दर्भमा अवलम्बन नगरिएको बताएका छन्।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार