• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।

 

अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक एक गोल गरे । खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए।

 

त्यस्तै खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए ।जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । अब अर्जेन्टिनाको भेट क्वाटरफाइनलमा नेदरल्यान्ड्ससँग हुनेछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार