सबै लड्ने भए म कांग्रेसबाट बिदा हुन्छु : रामचन्द्र पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसक्ने हो भने आफू पार्टीबाट विदा हुने बताएका छन् ।
पौडेल निकट एक नेताले भने,‘आज पनि सभापतिको उम्मेदवार तय भएन । दुवैजना पछि हट्न नमानेपछि उहाँ (पौडेल) ले म राजनीति र पार्टीबाट बिदा लिन्छु,घरमै आराम गर्छु भन्नुभयो।’ नेता डा.रामशरण महत भन्छन्, ‘रामचन्द्रजीले मलाई सहयोग गर्नुस् भन्दा प्रकाशमानजीले म पनि लड्छु भनेको छ । शेखरजीले लड्ने भनेको छ।’
डा.महतले पौडेलले प्रकाशमानलाई आफूलाई सहयोग गर्न भन्दा ‘हुँदैन, म पनि लड्ने’ हो भनेको र शेखरले पनि त्यहीँ बोली बोलेपछि उम्मेदवार चयन नभएको बताएका छन्। उनले सबैलाई किन साझा उम्मेदवारी तय नगरेर सबै लडेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस