• बिहीबार १-२७-२०८१/Thursday 05-09-2024
राजनीति

नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका बारेमा भ्रम सिर्जना गर्ने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको छ : थापा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने बताएका छन् । 

 

थापाले मंगलबार विज्ञप्तिमार्फत भनेका छन्, ‘राप्रपालाई भजन मण्डली बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं ’ २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथा कथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ।

 


'मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यता माथी नै गंभीर आघात पुगेको छ ।' विज्ञप्तिमा उल्लेख छ ।

 


हारलाई पनि सहर्ष स्विकार गरेर फेरी अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार आफ्नो रगतमा भएको थापाले बताए । 'अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो । म नैतिक र धर्मसंकटमा परेको छु ।' 

 

 नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दा माथी उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुने उनले बताएका छन ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार