३१५ जनामा कोरोना संक्रमण पुष्टि,२ संक्रमितको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
११ हजार ८१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर व २७२ तथा एन्टिजेन विधिबाट ४३ जना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट देशभर ३ सय ४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस