• आइतबार १-२३-२०८१/Sunday 05-05-2024
मनोरञ्जन

रचना रिमाल र गायक रंजन राईको स्वरमा 'चोखो माया' सार्वजनिक

काठमाडौं ।  अमेरिकाको विभिन्न रमणीय ठाउँहरुमा छायांकन गरिएको  'चोखो माया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

 

रोमाण्टिक भर्सनको यस गीतमा गायिका रचना रिमाल र गायक  रंजन राईको सुमधुर स्वर सुन्न सकिन्छ। भिडियोमा पूर्ण लम्साल र बिष्णु मिश्रको अभिनय रहेको छ ।  रवि मल्लको शब्द रहेको यस गीतलाई  नविन कार्कीले   संगीतवद्ध गरेका हुन्।  गीतमा बिशाल निरौलाको संगीत संयोजन रहेको छ।

 

 शैलेश घलेले छायांकन गरेको  भिडियोलाई बिष्णु खड्काले  सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।  पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  

 

भिडियो 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार