• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

युएईसँग नेपाल पराजित,ग्लोबल छनोटमा पुग्न असफल  

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा युएईसंग ४८ रनले पराजित भएपछि नेपाल ग्लोबल छनोट पुग्न असफल भएको छ ।

 

प्रतियोगितामा सबै ५ खेल जित्दै घरेलु टोली युएई १० अंक जोडेर विजेता बन्दै ग्लोबल क्वालिफायरमा छनोट भएको छ । नेपालले पाँच मध्ये केवल तीन खेलमा जित हात पार्न सक्यो । नेपाल यसअघि हङकङसँग पराजित भएको थियो ।

 

जितका लागि चाहिएको १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरको २ बल बाकी छदा अलआउट हुदै केवल ७९ रन बनाउन सफल भयो। नेपाललाई पराजित गरेको युएईले लगातार ५ खेल जित्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ ।

 

नेपालका कविता कुँवरले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् । सबनम राई, सीता रानामगर र संगिता राईले १–१ विकेट लिए । यस्तै सरिता मगर ८, काजल श्रेष्ठ ८, अप्सरी बेगम ४, कविता कुँवर ४, करुणा भण्डारी २, कप्तान रुविना क्षेत्री २, कविता जोशी १ रनमा आउट भए ।

 

युएईका लागि समाइरा धर्निधर्काले सर्वाधिक ४ विकेट हात पारिन् । चामानी सेनेभिरत्ना र खुसी शर्माले समान दुई–दुई विकेट लिए । चाया मुघलले एक–एक विकेट लिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार