• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

पारस शाह र भरतमणी पौडेलको भेट

काठमाडौं । भरतमणीलाई पारस शाहले दरबारमार्ग स्थित एक क्याफेमा भेट गरेका छन ।

 

पारस शाहको क्यारिकेचर गरेर चर्चा बटुलेका कमेडी च्याम्पियनका बिजेता भरतमणी पौडेललाई पारस शाहले भेट गरेका छन् ।

 

आफ्नो फेसबुकमा तस्विर पोष्ट गर्दै भरतमणीले लेखेका छन्, "एकदमै खुसी छु केही दिनअघि पुर्वयुबराज पारस शाहसङ्ग भेट्घाट गर्ने अवसर मिल्यो, उहाँलाई भेट्न म र Suman Koirala दरबारमार्गको शेर्पा मलमा गएका थियौ, लगभग १ घन्टाको बसाइमा रमाइलो गफगाफ भयो ।" 

 

एक घण्टाको बसाईमा पारस शाह रमाइलो साथी जस्तै लागेको प्रतिक्रिया भरतमणीले दिएका छन् । आफू पारस शाहको ठूलो शुभचिन्तक रहेको तर भेटेपछि शाहको प्रशंसक र रमाइलो साथी जस्तो भएको कुरा उनले उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार