पछिल्लो २४ घण्टामा ८१७ जना कोरोनामुक्त, ८ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २ हजार ५ सय १४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमणबाट देशभर ८ सय १७ जना निको भएर घर फर्किएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ८६ हजार ६ सय ३० पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस