• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
खेलकुद

इपीएल : काठमाडौंको सानदार जित

काठमाडौं । काठमाडौं किंग्स इलेभेनले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) मा सानदार विजयी सुरुवात गरेको छ। शनिवार उद्धघाटन खेलमा काठमाडौंले ललितपुर प्याट्रियट्र्सलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो।

 

काठमाडौंको जितमा रायन बर्ल र रहमानउल्लाह गुर्बाजले अर्धशतकीय इनिङ्स खेले । रायनले अविजित रहदै ७३ रन जोडे। उनले ३४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । उनी प्लेयर अफ दि म्याच समेत चुनिए ।

 

गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए । यस्तै राजु रिजाल १९ रनमा अविजित रहे भने अमित श्रेष्ठ ४ तथा सुवास खकुरेल सुन्य रनमा आउट भए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। ललितपुरले निर्धाारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो। ललितपुरका पवन सरार्फले ४४ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिए । 

 

योगेन्द्रसिंह कार्कीले २० बलमा ३ छक्का सहित ३३ रनको योगदान दिए । पवनले ४० अर्धशतक प्रहार गरेका थिए । पवनले १५ औं ओभरको चौथो बलमा गुलशन झालाई चौका र पाँचौ बलमा एक रन बटुल्दै आफ्नो अर्धशतक पूरा गरेका थिए। ललितपुरका पवन सर्राफले १ विकेट लिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार