• बुधबार १-१९-२०८१/Wednesday 05-01-2024
राजनीति

नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयन, पदाधिकारीमा को–को ? (सुचीसहित)

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी (जसपा) ले केन्द्रीय पदाधिकारी चयन गरेको छ । 

 

बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो। समाजवादीको पदाधिकारीहरुमा माधवकुमार नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता छन्। 

 

बैठकले तीन सय एक सदस्यीय केन्द्रीय कमिटी गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।यसैगरी ७१ सदस्यीय पोलिट्ब्यूरो र ३५ सदस्यको स्थायी कमिटी गठन गरिएको प्रवक्ता समेत रहेका खतिवडाले जानकारी दिए । 

 

यस्तै,पार्टीमा सातजना उपाध्यक्ष चयन गरिएको छ। नेता बेदुराम भुसाल महासचिव बनेका छन्। तीन उप-महासचिव र चार सचिव पनि चयन गरिएको छ। त्यसैगरी चार जनाले सचिवको जिम्मेवारी पाएका छन् । जसमा नागेन्द्रप्रसाद चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार