• शनिबार १-२२-२०८१/Saturday 05-04-2024
अर्थ

आत्मनिर्भर लघुवित्तले साधारण शेयर जारी गर्ने

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले पौने २ करोड रुपैयाँ बढीको आईपीओ निष्कासन गर्ने भएको छ ।

 

यो लघुवित्तले १ करोड ८० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल १ लाख ८० हजार कित्ता आईपीओ जारी गर्नेछ। आईपीओ निष्कासनका लागि आत्मनिर्भर लघुवित्तले सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस विषयमा आत्मनिर्भर लघुवित्त र सनराइज क्यापिटलबीच सम्झौता भएको छ।

 

सम्झौतापत्रमा आत्मनिर्भर लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सौगतवीर चौधरी र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजललाल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

 

दाङको घोराहीमा रजिस्टर्ड कार्यालय रहेको आत्मनिर्भर लघुवित्तले छिटै आईपीओ जारी गरिने जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार