• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
राजनीति

चार पूर्वमाओवादी नेता माओवादी नरहेको सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतमा आफूहरु माओवादी नै रहेको भन्दै मुद्धा दायर गरेका चार सांसदको पक्षमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

 

साउन १३ गते नेकपा एमालेमा प्रवेश गरेका ४ पूर्वमाओवादी नेताहरुले दायर गरेको मुद्धाबमोजिम आदेश दिन नमिल्ने भन्दै सर्वोच्चले सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

 

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहालीको अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चले माओवादीका चार नेताहरू एमालेमा प्रवेश गरिसकेको ठहर गरेको हो ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार