• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

थपिए ३ हजार १२५ कोरोना संक्रमित,२३ संक्रमितको मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ४३२ पुगेको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८११ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा ३ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९२५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ५८हजार १२२ पुगेको छ ।

 

देशभर १३ हजार ८१२ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ३९ लाख ४८ हजार २७९ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

 

यसैगरी पछिल्लो २४ घण्टामा थप २३ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार