• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

तीजको गीत ‘पारी वन हरियो’ मा बल्छी धुर्वे

काठमाडौं ।  हास्य कलाकार मरिचमान श्रेष्ठ  बल्छी धुर्वे को अभिनय रहेको ‘पारीवन हरियो’  तीज गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ ।

 

गीतमा बल्छी धुर्वेको स्वर रहेको छ । सार्वजनिक गीतमा उनलाई गायिका सपना घिमिरे (पौडेल) ले स्वरमा साथ दिएका छिन् ।

 

गीतमा शब्द, संगीत पनि गायिका पौडेलको रहेको छ। किस्मत भान्जाको साउण्ड मिक्सिङ र सुदिप सागरले गीत एरेन्ज गरेका छन। सौरभ लामाको छायाङ्कन रहेको गीतको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।

 

मास्टर टिभी युट्युब च्यानलवाट सार्वजनिक गरिएको उक्त गीतमा ‘बल्छी धुर्बे’ संगै राजु पौडेल मास्टर, दीपेन्द्र तिमिल्सीना, सपना पौडेल,अनिता बस्नेत, सविना आचार्य लगायतको अभिनय  रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार