• आइतबार १-२३-२०८१/Sunday 05-05-2024
मनोरञ्जन

रंगकर्मी प्रविनको निर्देशनमा कमलमणि र सरिताको अभिनय

काठमाडौं । गायक राजेश पायल राईको आवाजमा ‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। केशव शर्मा दाहालको शब्द रचना तथा संगीत रहेको गीतमा चन्दु गोर्खालीको संगीत संयोजन रहेको छ ।

 

केशव शर्मा दाहालकै प्रस्तुतिमा निर्माण भएको भिडियोको निर्देशन रंगकर्मी प्रविण खतिवडाले गरेका छन् । भिडियोमा रंगकर्मी कमलमणि नेपाल र सरिता गिरि मुख्य भुमिकामा फिचर्ड छन्।

 

भिडियोमा अन्य कलाकारहरुमा अभिषेक सापकोटा, बिवेक सापकोटा, सरस्वती चौधरी, घनश्याम जोशी, बिनोद खतिवडा, उत्तमराज पाण्डे, सम्रान्त थापा, मारुती सापकोटा र दिलिप सापकोटाको पनि अभिनय रहेको छ । 

 

काभ्रेको रयाले, धुलिखेल, तिनपिप्ले लगायतका विभिन्न स्थानहरुमा छायांकन गरिएको भिडियोका छायाँकार महेश पौडेल हुन्। त्यसैगरी भिडियोको सम्पादन कृष्ण भण्डारीले गरेका हुन्। ‘केशव एस.दाहाल अफिसियल’ युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ।

 

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार