• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
देश/प्रदेश

चार प्रदेशमा भीषण वर्षाको सम्भावना,सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

 

दिउँसो देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

यस्तै‚ राति पनि देशभर नै मौसम बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती‚ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार