• बिहीबार १-२०-२०८१/Thursday 05-02-2024
पत्रपत्रिका

राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गर्यो, दर्जनौ गाउँ डुबानको उच्च जोखिममा

नेपालगञ्ज । दुई दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतहले खतराको विन्दु पार गरेपछि बाँकेको तटीय क्षेत्रका दर्जनौ गाउँ डुबानको उच्च जोखिममा परेका छन् ।

 

बाँकेको राप्तीसोनारी–१ कुसुममा रहेको राप्ती नदीको बाढी मापन केन्द्रमा जलसतह खतराको विन्दु (पाँच मिटर) पार गरिसकेकोले नदी वरिपरिका दर्जनौं गाउँ उच्च जोखिममा परेको जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

 

केही दिनदेखिको बाँके, दाङ, रोल्पा, प्यूठानमा लागतारको वर्षातको कारण नदीमा पानीको सतह बढेको बताए । बुधवार बिहानैबाट नदी क्रमिक रुपले बढ्दै गएपछि नदीमा पानीको सतह खतराको तहमा पुग्न थालेकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जानकारी दिए ।राजधानी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार