• बुधबार १-२६-२०८१/Wednesday 05-08-2024
राजनीति

एमाले उपमहासचिव पौडेल र उपाध्यक्ष गौतमबिच भेटवार्ता

काठमाडौं । एमाले उपमहासचिव विष्णु पौडेल र उपाध्यक्ष बामदेव गौतमबिच भेटवार्ता भएको छ ।

 

उपप्रधानमन्त्रीसमेत रहेका एमाले उपमहासचिव पौडेलले आज बिहान गौतम निवास भैसेपाटी पुगेर गौतमसित भेटवार्ता गरेका हुन। भेटमा पार्टी एकताका लागि संस्थापन पक्षबाट गर्नुपर्ने कामका बारेमा केन्द्रीत भएको बताइएको छ ।

 

गौतमको निजी सचिवालयले दुई नेताबीच भेट भएको पुष्टि गरेको छ । भेटमा उपमहासचिव पौडेलले पार्टी एकताका लागि अध्यक्ष ओली लचक बन्ने जानकारी दिँदै आगामी स्थायी कमिटी बैठकमा सहभागी हुन गौतमलाई आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार