• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने

काठमाडौं । नेपाल चेम्बर अफकमर्सले कोभिड–१९ बाट सिर्जित स्वास्थ्य सम्वेदनशीलतालाइ मध्यनजर गर्दै एम्बुलेन्स सेवाउपलब्ध गराउने भएको छ ।

 

आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान ७ बजे देखि साँझ ७ बजे सम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।

 

कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाईभइरहेका बेला नेपाल चेम्बरले क्षेत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो ।

 

हाललाई काठमाण्डौं उपत्यका भित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवालिन सक्ने चेम्बरको विज्ञप्तीमा उल्लेख छ ।

 

एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफकमर्सको फोन नं. ०१५३३०९४७वा छत्रपाटी चिकित्सालयको मोवाईल नं. ९८५१२१६०३९मा सम्पर्क राख्न सकिने चेम्बरले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार